आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदैछ । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज ( मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ ।
मानव र सगरमाथा बिचको सामीप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा : नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको हो ।
नेपाल सरकारले सन् २००८ देखि मे २९ तारिखमा अन्तर्राष्ट्रिय रूपमै दिवसका रूपमा मनाउन निर्णय गरेको थियो। पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरूले आजको दिनलाई विशेष मान्छन् ।
सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसपछि सुरु भएको सगरमाथा आरोहणमा पछिल्लो समय विदेशी र नेपाली पर्वतारोहीको आकर्षण बढ्दो छ ।
पर्यटन विभागले यो वर्ष (२४ वैशाख) सम्म वसन्त याममा सगरमाथा आरोहणका निम्ति ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुष गरी ४१४ ले अनुमति लिएको जनाएको छ ।
अघिल्लो वर्ष भने हालसम्मकै सर्वाधिक ४७८ जना आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं