सूचनाको शक्ति - The Power Of Information

        

सबै सरकारी सेवा राष्ट्रिय परिचय पत्रमा आबद्ध गरिँदै

सरकारले सबै सेवा राष्ट्रिय परिचय पत्रमा आबद्ध गर्ने भएको छ । आगामी वर्षको बजेटमा राहदानी, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता र स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने घोषणा गरिएको छ ।

राष्ट्रिय परिचयपत्रलाई राज्यबाट प्रवाह हुने सेवा सुविधासँग आवद्व गर्दै लैजाने अर्थमन्त्री वर्षमान पुनले बताए । सरकारले भूमि व्यवस्था, सवारी दर्ता तथा नवीकरण, चालक अनुमति पत्र, बैंकिङ, निवृत्तभरण व्यवस्थापन र स्वास्थ्य बीमालाई क्रमश राष्ट्रिय परिचयपत्रमा आवद्ध गर्दैछ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १८:३६

लोकप्रिय