सूचनाको शक्ति - The Power Of Information

        

आँखाको रङबाटै थाहा हुन्छ तपाईको आनीबानी

मानिसहरूको आँखाको नानीको रङ्ग फरक–फरक हुने गर्दछ । कसैको कालो, कसैको निलो, कसैको खैरो त कसैको पहेँलो । समुद्र शास्त्रका अनुसार आँखाको रङ्गको माध्यमद्वारा मानिसको व्यवहार र भविष्यको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

कस्तो रङ हुँदा कस्तो बानी हुन्छ ?

कालो – त्यस्तो पुरुष वा महिला जसको आँखा कालो हुन्छ समाजका लागि उपयोगी हुन्छन् । उनीहरूलाई जीवनमा पैसाको कमी हुँदैन ।

खैरो – खैरो आँखा भएका मानिसहरू अति चञ्चल स्वभाव र सुन्दर हुन्छन् । यस्ता मानिसहरु अति भावुक र कोमल स्वभावका हुन्छन् । यिनीहरूको बोलीमा भने नियन्त्रण हुँदैन ।

निलो – निलो आँखा भएका मानिसहरू अत्यन्तै चलाख, अवसरवादी र सानदार व्यक्तित्वको धनी हुन्छन् । यिनीहरूको जीवन सुरुमा सामान्य हुन्छ तर जीवनमा निक्कै सफलता प्राप्त गर्दछन् ।

पहेँलो आँखा – जुन व्यक्तिको आँखा घ्यू जस्तो पहेँलो हुन्छन् उनीहरूको हृदय उदार हुन्छ । यिनीहरूमा ईश्वर प्रति गहिरो आस्था हुने गर्दछ । जसलाई यिनीहरूको सहयोगको आवश्यकता पर्दछ यिनीहरू सहयोग गर्न पछि पर्दैनन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १२:४०

लोकप्रिय