सूचनाको शक्ति - The Power Of Information

        

१५३ जना सवार विमानको इन्जिनमा आगो लागेपछि…(भिडियोसहित)

अमेरिकाको सिकागोस्थित ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड गरिएको एउटा विमानमा आगलागी भएको छ । रिपोर्ट अनुसार उक्त विमानस्थलमा अवतरण गर्ना साथ युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा आगो लागेको हो ।

यो घटना क्यामेरामा कैद भएको थियो, जसमा विमानको पंखाबाट धुवाँ निस्किरहेको देख्न सकिन्छ । युनाइटेड फ्लाइट २०९१ सियाटलका लागि दिउँसो २ बजे उडान भर्ने क्रममा इन्जिनमा आगलागी भएको हो ।

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) र युनाइटेड एयरलाइन्सले छुट्टाछुट्टै दिएका रिपोर्ट अनुसार घटना ट्याक्सीवेमा भएको थियो, जसमा विमानबाट १४८ यात्रु र चालक दलका पाँच सदस्यलाई बाहिर निकालिएको थियो ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १२:३५

लोकप्रिय