सूचनाको शक्ति - The Power Of Information

        

यार्सा टिप्न गएकी युवतीको मृत्यु

यार्सागुम्बा टिप्न डोल्पा गएकी रुकुम पश्चिमको आठविसकोट नगरपालिका–४ गोतामकोटकी जमुना विष्टको सोमबार लेक लागेर मृत्यु भएको छ । डोल्पाको काइके गाउँपालिकाको लैनीमाथिको डाँडामा पुगेपछि २२ वर्षीया विष्टको मृत्यु भएको वडाध्यक्ष नरसिंह विष्टले जानकारी दिए ।

उनका अनुसार यार्सागुम्बा टिप्नका लागि डोल्पाको नाउँरेमा पुगेपछि निज लेक लागेर बिरामी परेकी थिइन् । ‘बाटोमा बिरामी भएपछि यार्सा टिप्न सँगै गएका बहिनी र भिनाजुसँग घर फकिर्दै गर्दा मृत्यु भएको हो,’ वडाध्यक्ष विष्टले भने ।

उनका अनुसार शसस्त्र प्रहरी बलको सहयोगमा गत राति शव डोल्पा जिल्ला अस्पताल दुनैमा ल्याइएको थियो । अहिले अस्पतालमा पोष्टमार्टम गर्ने तयारी भइरहेको जानकारी दिँदै पोष्टर्माटम पश्चात् शव गोतामकोटमा ल्याइने वडाध्यक्ष विष्टले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १२:३१

लोकप्रिय