सूचनाको शक्ति - The Power Of Information

        

घरमा भंगेराले गुँड लगाए शुभ-अशुभ के हुन्छ ?

वास्तुशास्त्रमा पशु–पक्षी, कीरा घरमा प्रवेश गर्दा वा गुँड लगाउँदा अनौठो व्यवहार गर्दा हुने शुभ–अशुभ दुवै फल मिल्ने बताइएको छ । वास्तुशास्त्रमा जीव–जन्तुका घटना र व्यवहारलाई सङ्केतका रूपमा समेत बुझिन्छ । कतिपय धरै घरमा चराचुरुङ्गीले गुड लगाएको देखिन्छ ।

धेरैमा घरमा मौरीको घार, बारुलाको गोलोदेखि चमेरा, भंगेरा लगायतले पनि गुड बनाउँछन् । आज हामी घरमा भंगेराले गुड लगाए शुभ–अशुभ के हुन्छ ? त लगायतका बारेमा बताउने छौँ । भंगेरा एउटा सानो चरो हो जुन देख्दै निकै आकर्षक देखिन्छ ।

बालबालिका तथा सबै मानिसहरूले यसलाई मन पराउँछन् । कतिपय बालबालिकाले त यसका बच्चाहरूसँग खेलिरहेका पनि हामी देख्न सक्छौँ । भंगेरोले घरको साना प्वालमा तथा भित्ताका गार्हाेमा गुँड बनाएर बस्ने गर्छ । भँगेराले घरमा गुड लगाएर बस्ता त्यसले मानिसलाई कुनै क्षति नोक्सानी भने गर्दैन । नेपाली समाजमा भँगेरोले घरमा गुँड लगाउँदा राम्रो हो भन्ने भनाइ छ ।

वास्तुशास्त्रमा घरमा चराले गुड लगाएको शुभ मानिन्छ । त्यसमा पनि घरमा भंगेराले गुँड लगाएको छ भने यसलाई निकै नै शुभ मानिन्छ । जुन घरमा भंगेराले गुड लगाएको हुन्छ, त्यो घरमा सुख–समृद्धि आउने, घरका सदस्यको भाग्य वृद्धि हुने विश्वास गरिन्छ । र घरपरिवारमा सुख शान्ति छाउने कुरा उल्लेख छ । यसका साथै भंगेरोले कुनै घरमा गुँड लगाएको छ भने त्यो घरमा भएको वास्तु दोष पनि स्वतः निवारण हुने मान्यता छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार ०९:४५

लोकप्रिय