सूचनाको शक्ति - The Power Of Information

        

पाँच प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं उपत्यकासहित आज बागमती, कोशी, मधेश र गण्डकी प्रदेशमा साधारण बदली तथा बाँकी भू–भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा स्थानीय वायुको प्रभावसँगै देशको पूर्वी भू–भागमा ‘रेमल’ चक्रवातको सामान्य प्रभाव रहेको छ ।

जसकारण कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा आज पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशको कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार ०९:०३

लोकप्रिय