सूचनाको शक्ति - The Power Of Information

        

बढ्दै डिपफेक पोर्नोग्राफीको खतरा, इन्स्टाग्रामका महिला इन्फ्लुयन्सर निशानामा

बढ्दो डीपफेक पोर्नोग्राफीको खतराबीच त्यसको निशानामा इन्स्टाग्रामका महिला इन्फ्लुयन्सर पर्ने गरेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ । ट्वीक्सी नामक अनलाइन प्लेटफर्म सार्वजनिक गरेको रिपोर्ट अनुसार इन्स्टाग्रामका ९४ प्रतिशत महिला इन्फ्लुयन्सर डिपफेकको सिकार भएका छन् ।

रिपोर्ट अनुसार फलोअर १० करोडभन्दा बढी भएकाहरु यसको सिकार हुने सम्भावना ७९ प्रतिशत छ भने महिला इन्फ्लुयन्सरको अकाउन्टमा १० हजार फलोअर बढ्दा उनीहरू डिपफेक फोर्नोग्राफीको सिकार बन्ने जोखिम १५.७ प्रतिशतले बढेको छ । त्यसैले जति बढी फलोअर भए महिला इन्फ्लुयन्सर डिपफेक पोर्नोग्राफीको सिकार बन्ने सम्भावना बढ्दै जान्छ ।

समग्रमा ८४ प्रतिशत सामाजिक सञ्जाल इन्फ्लुयन्सर डिफफेकको सिकार हुन्छन् । त्यसमा पनि ९० प्रतिशत महिला इन्फ्लुयन्सर हुन्छन् भने बाँकी १० प्रतिशत पुरुष इन्फ्लुयन्सर हुने गरेको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतवार १४:३६

लोकप्रिय