सूचनाको शक्ति - The Power Of Information

        

गर्मीमा बालबालिकामा देखिने यी समस्या, कसरी जोगाउने ?

यतिखेर तापक्रम उकालो लागेको लाग्यै छ । गर्मीमा घाँटी खराब हुनु, रुघा, ज्वरो आउनु सामान्यजस्तै हो । तर उचित सावधानी राखियो भने रोगबाट बच्न सकिन्छ ।

गर्मीका बेला लाग्ने रोगबाट बचाउन बाबुआमाले विशेष ध्यान दिनुपर्छ । तर यो बेला भरपुर पानी पिउने, पोषणयुक्त आहारा दिने, धेरै समय बाहिर ननिस्कने र आराम गर्ने गर्नुपर्छ । गर्मीको मौसममा यस्ता समस्याबाट बच्नुपर्छ ।

सन स्ट्रोक

गर्मीमा सन स्ट्रोकको समस्या हुन्छ । यो मौसममा शरीरले आफैँलाई चिसो राख्ने क्षमता कमजोर हुन्छ । यसैले सन स्ट्रोकबाट बच्नका लागि भरपुर मात्रामा पानी पिउनुपर्छ । हिट स्ट्रोकबाट पीडित हुँदा धेरै ज्वरो आउने र कमजोरी महसुस हुन्छ ।

डाबर आउनु

गर्मीका कारण शरीरका विभिन्न भागमा डाबर या घमौरा आउँछ । यसको समाधानका लागि डाक्टरलाई देखाउनुपर्छ ।

एलर्जी

धूलो र गर्मीका कारण एलर्जी हुने समस्या आम विषय हो । यसका लागि धेरै घाममा बाहिर निस्कनुहुन्न । हैजा, टाइफाइड र जन्डिस यी सबै पानीका कारण हुने रोग हुन् ।

यसबाट बच्न सकेसम्म बाहिर खानुहुन्न । बाहिरको खाना गर्मीका कारण चाँडै नै बिग्रन्छ । गर्मीमा पानीको माग बढ्ने भएकाले प्रदूषित पानीको प्रयोगका कारण पनि यस्ता समस्या फैलन्छन् । ब्याक्टेरिया तातो र नुनिलोपानीको माहौलमा पैदा हुन्छन् ।

ब्याक्टेरियायुक्त खाना खानाले विभिन्न समस्या निम्तन्छन् । लामखुट्टेका कारण हुने समस्या र घर वरिपरि जम्मा हुने पानी लामखुट्टेको वासस्थान बन्छन्, लामखुट्टेको टोकाइका कारण डेंगु, मलेरियाजस्ता रोग लाग्छन् ।

कसरी सतर्कता अपनाउने ?

सडकमा बेच्न राखिएका काटेका फलफूल र अन्य खालका खानेकुरा बालबालिकालाई नखुवाउनुहोस् । यस्तो मौसममा बच्चाहरूलाई मसालेदार र तारेका खानेकुरा पनि खुवाउनु हुदैन ।

यस्ता खानेकुरा सजिलोसंग पच्न सक्दैनन् । यसकारण उनीहरूलाई ताजा फल, हरिया तरकारी, जुसजस्ता स्वस्थकर खानेकुरा र हल्का खाना खुवाउनुहोस् । बच्चाहरूलाई तिर्खा नलागे पनि पानी पिइरहन प्रेरित गर्नुहोस्, यसले शरीर सुख्खा रहन दिँदैन ।

उनीहरूलाई कागती पानी, नरिवलको पानी र अन्य प्राकृतिक तरल पदार्थ दिनुपर्छ । बालबालिकालाई हल्का र खुला कपडा लगाउन दिनुहोस् । तन्दुरुस्तीका लागि आफूसंगै बच्चालाई पनि बिहान बेलुकी कसरत गराउनुहोस् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतवार १४:३३

लोकप्रिय