सूचनाको शक्ति - The Power Of Information

        

कुन रगत समूहको कस्तो आनीबानी ?

एक अनुसन्धान अनुसार मानिसहरूको रगत समूह अनुसार उसको चालचलन र आनीबानीबारे थाहा पाउन सकिन्छ । रगत समूह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ ।

यहाँ रगत समूहसँग सम्बन्धित केही बानीको बारेमा दिइएको छ :-

Group O :– संसारका सबैभन्दा बढी मानिसमा यो रगत समूह पाइन्छ । O- र O+ गरी करिब ४७ प्रतिशत मानिसमा यो रगत समूह रहेको हुन्छ जसमा ४० प्रतिशत जति O+ र ७ प्रतिशत जतिमा O- रहेको हुन्छ ।

यो रगत समूहका मानिसहरू नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफूले सुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वास गर्ने, मायालु र आत्म-विश्वासले भरिएका हुन्छन् भने यो रगत समूह भएका मानिसहरूको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिस्पर्धात्मक हुन खोज्ने भएको अनुसन्धानको क्रममा पाइएको थियो ।

Group A :- यो रगत समूह करिब ४० प्रतिशत मानिसहरूमा हुन्छ जसमा ३४ प्रतिशतमा A+ र ६ प्रतिशतमा A- पाइन्छ । यो रगत समूह भएका मानिसहरू शान्त र सामाजिक खालका, अरू सँग काम गर्न मन पराउने, संवेदनशील र कमजोरीको रूपमा झुक्न नचाहने र आराम गर्न नसक्ने वा नचाहने बानी भएका हुन्छन् ।

Group B :- यो समूहको रगत कम मानिसहरूमा मात्र पाइन्छ जसमा करिब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ । यो रगत समूह भएका मानिसहरू एकल काँटे, जे पनि एक्लै गर्न चाहने रचनात्मक खुबी भएका झुक्न नसक्ने खुबी भएका हुन्छन् जसले गर्दा कहिलेकाहीँ काम बिग्रन समेत सक्छ ।

Group AB :- यो मानिसमा पाइने सबैभन्दा कम पाइने रगत समूह हो । यो ४ प्रतिशतमा मात्र पाइन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाइन्छ । यो रगत समूह भएका मानिसहरू नरम, नियन्त्रित र ठट्टा रमाइलो गर्ने खालका हुन्छन् तर निर्णय गर्ने क्षमताको कमी हुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार १४:३९