सूचनाको शक्ति - The Power Of Information

        

खाना खाएपछि पेट किन फुल्छ ?

धेरै मानिसलाई खाना खाइसकेपछि पेट फुल्ने समस्या हुन्छ । जसले गर्दा पेटमा दुख्ने समस्या पनि हुन्छ । यदी तपाईंलाई पनि यस्तै हुन्छ भने यसको कारण र बचावका तरिका आजै जान्नुहोस् ।

पेटमा बन्ने ग्यास नै खाना खाने बित्तिकै पेट फुल्ने प्रमुख कारण हुन्छ । प्रायः तपाईं हतारले गर्दा छिटो छिटो खाना खानुहुन्छ । जसले गर्दा हावा पनि निलिन्छ । यसले पेटमा ग्यास बन्ने गर्छ । कैयौंपटक भने आवश्यकता भन्दा धेरै भोजन गर्दा पनि यस्तो समस्या हुने गर्छ ।

खाना खाएपछि पेट फुल्ने समस्याबाट बच्नका लागि तपाईं भोजनलाई जहिले पनि राम्रोसँग चपाएर खानुहोस् । सही तरिकाले खानालाई चपाउँदा भोजनका टुक्राहरु साना–साना हुन्छन्, जसले गर्दा पचाउन पनि सजिलो हुन्छ ।

एकैपटक धेरै भोजन खानुको साटो थोरै थोरै भोजन गर्नुपर्दछ । धेरै खाँदा पेट फुल्ने समस्या पनि हुन सक्छ । यदी तपाईंलाई भोजन गर्ने बित्तिकै पेट फुल्ने समस्या छ भने तपाईं आधा चम्चा ज्वानोलाई मनतातो पानीसँग लिन सक्नुहुन्छ ।

खाना खाएपछि एक कचौरा दही खानु पनि फाइदाजनक हुन्छ । यसमा राम्रो ब्याक्टेरिया, क्याल्सियम, भिटामिन तथा मिनरल्सहरु हुन्छन् । जसले पाचन प्रणालीलाई राम्रो बनाउँछ । त्यस्तै, यदी खाना खाएपछि पेट फुल्ने समस्याबाट छुट्कारा पाउन केहीबेर हिँडडुल पनि गर्न सकिन्छ । केहीबेर हिँड्दा भोजन पचाउन सजिलो हुन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार १३:४१

लोकप्रिय