त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डा परेपछि एक घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ ।
त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा खाल्डो परेपछि सबै उडान अवतरण बन्द गरिएको बताए ।
‘उडान सुरक्षाका लागि सबै उडान अवतरण बन्द गरिएको छ,’ झाले भने, ‘खाल्डो पुर्ने काम भइरहेको छ । मर्मतपछि सुक्न समय लाग्ने भएकाले एक घण्टा सबै उडान अवतरण रोकेका छौं ।’
झाका अनुसार धावनमार्गको ०२ तर्फ ‘सी-डी’ भागमा खाल्डो परेको हो । खाल्डो पुर्न विमानस्थलको मर्मत टोली अहिले धावनमार्गमा छ । अहिले अन्तर्राष्ट्रिय र आन्तरिक विमानहरू होल्डमा रहेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं