सूचनाको शक्ति - The Power Of Information

        

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियासँग आजदेखि बयान

नागरिकता कीर्ते कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको आजदेखि बयान शुरु हुँदैछ । सिरोहियासँग सामान्य सोधपुछ भए पनि आधिकारिक बयान भने शुक्रबार शुुरु हुन लागेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

सिरोहियालाई शुक्रबारसम्म मात्रै तीन दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको थियो । बयान नसकिए म्याद थप गर्ने तयारी प्रहरीको छ । मंगलबार थापाथलीस्थित कार्यालयबाटै पक्राउ परेका सिरोहियालाई त्यही दिन धनुषा लगिएको थियो । अध्यक्ष सिरोहियालाई आज पुनः म्याद थपका लागि धनुषा प्रहरीले अदालत लैजाने तयारी गरेको छ ।

प्रहरीले पाएको म्याद बिहीबार नै सकिएको छ । बिहीबार सार्वजनिक विदा रहेकाले प्रहरीले आज अदालत लग्दैछ । अनुसन्धान नसकिएकाले म्याद थपका लागि सिरोहियालाई आज अदालत लगिने धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । अदालतको अनुमतिपछि प्रहरीले सिरोहियालाई काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाटै पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार ११:०१

लोकप्रिय