सूचनाको शक्ति - The Power Of Information

        

‘रविरत्न’ले घरबेटीलाई नै बलात्कार गरेपछि…

केही समयदेखि युट्यूबमा उछृंखल अन्तरवार्ताहरु दिएर भाइरल हुने प्रयासमा रहेका रविरत्न चुडाल हिजो पक्राउ परेका छन् । ५२ वर्षीया महाराजगञ्ज ४८ (परिवर्तित नाम) ले आफूलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।

महाराजगञ्ज ४८ को महाराजगञ्जमा रहेको घरमा चुडालले सटर भाडामा लिएर बसेका थिए । उनी फेन्सी स्टोर चलाउँथे । उक्त घरमा घरबेटीको परिवारबाहेक चुडाल मात्रै बस्ने गरेका थिए । महाराजगञ्ज ४८ विधवा हुन् ।

उनको श्रीमानको २०६४ सालमा मृत्यु भएको थियो । उनका दुई छोराहरु अहिले विदेशमा छन् । चुडाल पनि पत्नीसँग सम्वन्ध बिग्रेर एक्लै बसिरहेका छन् । पछिल्लो पटक आफूलाई गत वर्ष जेठ १७ गते चुडालले बलात्कार गरेको दावी महाराजगञ्ज ४८ को छ ।

बलात्कार मुद्दामा एक वर्ष हदम्याद हुन्छ । महाराजगञ्ज ४८ ले गत असोजदेखि जाहेरी दिने प्रयास गरेकी थिइन् । तर, प्रहरीले प्रमाण नपुग्ने भन्दै जाहेरी लिन मानेको थिएन । त्यसपछि उनले उच्च अदालतमा निवेदन दिइन् ।

उच्चले गत पुस १७ गते जाहेरी दर्ता गरी आवश्यक कारवाही अगाडि बढाउन काठमाडौं परिसर र महाराजगञ्ज प्रहरीलाई परमादेश दिएको थियो । त्यसपछि जाहेरी दर्ता भएको हो । जाहेरी दर्तापछि पनि लामो समयसम्म चुडाल पक्राउ परेका थिएनन् ।

दुई साताअघि महाराजगञ्ज ४८ ले एक युट्यूव च्यानललाई अन्तरवार्ता दिएकी थिइन् । त्यसमा उनले आफूलाई ब्ल्याकमेलिङ गर्दै बलात्कार गरेको भन्दै चुडाललाई पक्राउ गर्न माग गरेकी छिन् । चुडाल भने युट्यूवमा राजनीतिक विश्लेषण छाँट्दै बसिरहेका थिए ।

महिलाको भनाइ अनुसार २०७३ साल असार १८ गतेदेखि चुडाल उनको घरमा भाडा लिएर बस्दै आएका छन् । ‘दुईचोटि खुट्टा ढोगेपछि विश्वास गरेर भाडामा राखेँ । आफ्नो दाजुभाइ जस्तो सोचेँ । आफ्नो सन्तानजस्तो मानेको थिएँ । तर, उसले ममाथि विश्वासघात गर्यो’, अन्तरवार्तामा महिलाले भनेकी छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार ०८:२७

लोकप्रिय