सूचनाको शक्ति - The Power Of Information

        

सईदेखि जवानसम्म १९ प्रहरी सम्पर्कविहीन

नेपाल प्रहरीमा कार्यरत १९ जना प्रहरी सम्पर्कविहीन भएपछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

उनीहरु दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेको सूचनामा उल्लेख छ । सबै ढंगले खोजतलास गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दासमेत ती प्रहरी कर्मचारी सम्पर्कमा नआएका प्रहरी प्रधान कार्यालयको भनाई छ ।

प्राविधिक प्रहरी नायब निरीक्षक अन्जन सिंखडा, प्रहरी सहायक निरीक्षक भोजराज न्यौपाने, प्रहरी हवलदारहरू कमल रोका मगर देवेन्द्र डिसी, यौनीकुमार मण्डल लगायत १९ प्रहरीले गत चैत महिनादेखि गैरहाजिर छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार ०८:२४

लोकप्रिय