सूचनाको शक्ति - The Power Of Information

        

भारतसँग जोडिएका बाँकेका सीमानाका बन्द

भारतसँग सिमाना जोडिएका बाँकेका नाका बन्द भएका छन् । भारतको उत्तर प्रदेश राज्यको श्रावस्ती जिल्लामा यही जेठ १२ गते हुने लोकसभा निर्वाचनका कारण नाका बन्द गरिएको हो ।

राप्तीसोनारी र नरैनापुर गाउँपालिकासँग बाँके जिल्लाका सीमा नाका आज राती १०ः३० बजेदेखि शनिबार साँझ ५ बजेसम्म बन्द गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।

जेठ १२ गते बेलुकी ५ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने उनले जानकारी दिए । ‘दुई मुलुकमध्ये कुनै एकमा निर्वाचनमा हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार नै नाका बन्द भएको हो,’ उनले भने ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार १७:१८

लोकप्रिय