२०८३ भदौ २६ , शुक्रबार 11, September 2026, Friday

विद्यार्थी बोकेर रारा गएको जीप दुर्घटना, १२ जना घाइते

बाजुराबाट रारातर्फ जाँदै गरेको जीप मुगुको खत्याड गाउँपालिका–२ जामको खोलामा दुर्घटना हुँदा १२ जना घाइते भए छन् । बिहीबार बाजुरा जिल्लास्थित हिमाली गाउँपालिका–५ कोल्टीमा रहेको भवानी माध्यमिक विद्यालयका विद्यार्थीलाई रारा तालमा शैक्षिक भ्रमण गर्न आएका विद्यार्थीले सवार गरेको ग १ ज ८२४९ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।

घाइते हुनेमा ९ जना विद्यार्थी, दुई जना शिक्षक र चालक रहेको र घाइतेमध्ये चालक बाहेक सबैको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । सख्त घाइते चालक तथा जीप धनी लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ जेठ १० गते बिहीबार