सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपको भिसा प्रकरण : परराष्ट्रलाई खेलकुद मन्त्रालयको पत्र

अमेरिकन राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल अगाडि बढाएको छ ।

आज युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको कुराकानी पश्चात युवा तथा खेलकुद मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई सन्दीपको भीसा उपलब्ध गराउन आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको छ ।

मन्त्री श्रेष्ठले सन्दीपको भीसाको लागि मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरिरहेको जानकारी दिँदै त्यसका लागि आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको बताए ।

अब परराष्ट्र मन्त्रालयले सन्दीपको भीसाको विषयमा काम कारबाही अगाडि बढाउनेछ । हिजो सन्दीपलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा अस्वीकार गरेको थियो । उनी आईसीसी टी–२० विश्वकप खेल्न अमेरिका जाने तयारीमा छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार १५:३८

लोकप्रिय