सूचनाको शक्ति - The Power Of Information

        

उड्न लागेको जहाजले स्टेसन प्रमुखलाई ठक्कर दिएपछि…

मुगुको रारा विमानस्थलमा उड्ने लागेको जहाजले ठक्कर दिँदा एक कर्मचारी गम्भीर घाइते भएका छन् । बिहीबार नेपालगन्जका लागि उड्न लागेको सीता एयरको ट्विनअटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम गम्भीर घाइते भएका हुन् ।

भाम विमानका चालकलाई जहाज उडान गर्न संकेत गरिरहेका थिए । जहाज बिस्तारै गुड्दै थियो । सोही बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा विमानको अघिल्लो भागले उनलाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको जहाजमार्फत उपचारका लागि नेपालगन्ज ल्याइएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार १५:३३

लोकप्रिय