सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिएन

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका जानका लागि भिसा आवेदन दिएकोमा अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

यही जुन २ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुने प्रतियोगिताका लागि नेपाली टोलीका अन्य खेलाडी अमेरिका पुगिसकेका छन् ।

यसअघि सन् २०१९ मा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने क्रममा पनि सन्दीपलाई शुरुमा अमेरिकी दूतावासले भिसा दिएको थिएन । तर त्यसको आलोचना भएपछि सन्दीपले पछि भिसा पाएका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार १८:०९

लोकप्रिय