सूचनाको शक्ति - The Power Of Information

        

हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता फाइनलमा

Mitchell Starc of Kolkata Knight Riders celebrates the wicket of Shabaz Ahamad (T) of Sunrisers Hyderabad during the qualifier one match of the Indian Premier League season 17 (IPL 2024) between Kolkata Knight Riders and Sunrisers Hyderabad held at the Narendra Modi Stadium , Ahmedabad on the 21st May 2024. Photo by Faheem Hussain/ Sportzpics for IPL

कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति सम्पन्न पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई आठ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।

हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो ।

योसँगै कोकाता फाइनलमा प्रवेश गरेको छ, भने पराजित भएको हैदरावादले एलिमिनेटरको विजेतासँग फाइनलका लागि पुनः प्रतिस्पर्धा गर्न पाउने छ ।

बुधबार एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी) र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार ०७:४९