सूचनाको शक्ति - The Power Of Information

        

म्याद थपका लागि सिरोहियालाई आज अदालत पेश गरिदै

नागरिकता किर्ते गरेको आरोपमा पक्राउ परेका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि आज जिल्ला अदालत धनुषामा उपस्थित गराइने भएको छ । सिरोहियालाई बिहान १० बजे अदालतमा लगिने धनुषा प्रहरीले जनाएको छ ।

अदालतबाट म्याद थपेसँगै उनीमाथि थप अनुसन्धान सुरु हुने मधेस प्रदेशका प्रहरी प्रमुख डीआइजी यज्ञविनोद पोख्रेलले जानकारी दिए ।

उनलाई हिजो काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पब्लिकेसन्सको कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको जाहेरीमा सिरोहियाले दुईवटा फरक नम्बरको नागरिकता प्रयोग गरेको जिकिर गरिएको छ ।

सिरोहियाले लिएको मध्येको एउटा नागरिकताको नम्बर अर्को व्यक्तिको नागरिकता नम्बरसँग म्याच भएको उजुरकर्ताले दाबी गरेका छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा गत वैशाख १७ गते जाहेरी दर्ता भएको थियो ।

सिरोहिया पक्राउविरुद्ध सर्वत्र विरोध र आलोचना भइरहदा धनुषा प्रहरीले नागरिकता किर्ते गरेको आरोपमा पक्राउ गर्नु परेको प्रष्टिकरण दिएको छ ।

धनुषा प्रहरीले सिरोहिया पक्राउ गर्नुका ६ वटा आधार सार्वजनिक गरेको छ । अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काले जारी गरेको विज्ञप्तिमा सिरोहियाका नागरिकतामा देखिएका कैफियतपूर्ण तथ्यहरू उल्लेख गरिएका छन् ।

प्रहरीले दिएका आधार यस्ता छन्

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार ०७:४७

लोकप्रिय