इरानमा आउँदो जुन २८ तारिखमा राष्ट्रपति निर्वाचन हुने भएको छ । हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको सोमबार पुष्टि भएपछि उक्त निर्वाचनको मिति तय गरिएको हो ।
इरानको संवैधानिक प्रावधानानुसार, राष्ट्रपतिको मृत्युपछि ५० दिनभित्र उक्त पदको निर्वाचन गर्नुपर्ने प्रावधान छ ।
त्यहाँको संविधानको धारा १३१ बमोजिम उपराष्ट्रपति मोखबर देजफुलीले सोमबारदेखि नै अन्तरिम राष्ट्रपतिको कार्यभार सम्हालेका छन् । उनले कार्यकारी प्रमुखका रूपमा राष्ट्र्पतिको निर्वाचन गराउनेछन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ