सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा मिनिबस दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइते

सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का शेरबहादुर खड्काको ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाबाट सुर्खेततर्फ गुडिरहेको कर्णाली प्रदेश ०१ ००२ ख ०७५२ नम्बरको मिनिबस आज दिउँसो साढे १ बजे वीरेन्द्रनगर नजिकै कटुका र कपासेबीचको जङ्गलमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै दुर्घटनामा १६ जना घाइते भएका र उनीहरूको कर्णाली केयर अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १८:१४

लोकप्रिय