सूचनाको शक्ति - The Power Of Information

        

इरानका राष्ट्रपति इब्राहिम चढेको हेलिकप्टर दुर्घटना

इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको छ ।

राष्ट्रपति इब्राहिम विदेशमन्त्रीसहित अजरबैजानमा भएको एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेर हराइरहेको बीबीसीले जनाएको छ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको खबरमा उल्लेख छ ।

हेलिकप्टरमा राष्ट्रपतिसँगै  विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अरु धेरै व्यक्ति रहेका इरानका गृहमन्त्री अहमद वाहिदीले पुष्टि गर्नुभएको छ ।

हेलिकप्टर खोज्न ४० जनाको टोली परिचालन गरिएको छ । इरानको सरकारी सञ्चारमाध्यमकाअनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरिएको थियो र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरिएको थियो ।

दुर्घटनामा परेको हेलिकप्टर काफिलेमा सञ्चालित तीनवटा हेलिकप्टरमध्ये एक हो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार ०८:००

लोकप्रिय