सूचनाको शक्ति - The Power Of Information

        

वर्षाले खेल अवरुद्ध हुँदा कोलकाता र राजस्थानको अंक बाँडियो

 इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम खेल वर्षाले अवरुद्ध भएको छ ।

एउटा बल पनि नफाली खेल वर्षाले अवरुद्ध भएपछि कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले अंक बाँडेका छन् ।

एकएक अंक बाँडेपछि शीर्ष स्थानको कोलकाता २० अंकसहित शीर्ष स्थानमै कायम रह्यो भने राजस्थान तेस्रो स्थानमा झरेको छ ।

समान १७ अंक बनाएको सनराइजर्स हैदरावादभन्दा कम रनरेट हुँदा राजस्थान तेस्रो स्थानमा झरेको हो । हैदरावाद आइतबार पञ्जाब किंग्सलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको थियो ।

अब पहिलो क्वालिफायरमा कोलकाता र हैदरावादबिच मंगलबार प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरमा राजस्थान र रोयल्स च्यालेन्जर्स बैंग्लोरुबिच बुधबार प्रतिस्पर्धा हुनेछ ।

पहिलो क्वालिफायरमा विजयी टिम सिधै फाइनल पुग्नेछ । पहिलो क्वालिफायरमा पराजित टिम र एलिमिनेटरमा विजयी टिमले दोस्रो क्वालिफायर खेल्नेछन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार ०७:५४

लोकप्रिय