सूचनाको शक्ति - The Power Of Information

        

मिर्गौला ठीकसँग काम गरे नगरेको कसरी थाहा पाउने ?

प्रत्येक मानिसका शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगहरू हुन्छन् । यिनै अंगलाई मिर्गौला भनिन्छ । मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ ।

यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ । यही महत्वपूर्ण अंगमा देखिने रोगलाई नै मिर्गौला रोग भनेर चिनिन्छ ।

मिर्गौला ठीकसँग काम गरे नगरेको कसरी थाहा पाउने ?

  • रगतमा युरिन र क्रियाटिन मात्रा हेरेर
  • २४ घण्टाको पिसाब जम्मा गरि क्रियाटिन क्लियरेनस पत्ता लगाएर
  • रगतमा हेमोग्लोबिन, क्याल्सियम र फस्फोरसको परीक्षण गरेर
  • मिर्गौलाको हर्मोन उत्पादन सम्बन्धी जाँच गरेर

मिर्गौला रोगका कारण

  • मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, पिसाब सम्बन्धी संक्रमण, दुःखाइ कम गर्ने औषधिको अधिकतम प्रयोग गर्ने ।
  • अनावश्यक एन्टीबायोटिकको प्रयोग, पिसाब नलीको बनावटका खराबी, वंशाणुगत रोग, मिर्गौलामा पत्थरी ।

मिर्गौला रोगका लक्षण

  • थकाइ र कमजोरी महशुस हुनु
  • छाला चिलाउनु
  • राती बढी पिसाब लाग्नु
  • हात गोडा सुन्निनु
  • महिनावारी गडबडी
  • निदाउन कठिनाइ पर्नु
  • आँखा वरीपरी सुन्निनु
  • मांसपेशी बाउँडिनु
  • कामबासनामा कमी आउनु
  • रक्तअल्पता

यी लक्ष्यणहरू अन्य अवस्थामा पनि हुन सक्छन् । यस्ता स्वास्थ्य समस्या भएमा तुरुन्तै परीक्षण गराउनु पर्दछ ।

मिर्गौला फेल भएपछिका उपचार विधि

  • डायलाइसिस
  • मिर्गौला प्रत्यारोपण

मिर्गौला रोगीले अपनाउनु पर्ने सावधानी

  • विभिन्न किसिमका रोगबाट बच्ने खोप लगाउने ।
  • रक्तचाप नियन्त्रण गर्ने ।
  • रगतमा चिनीको मात्रा नियन्त्रण राख्ने ।
  • समुचित खानपानमा ध्यान दिने ।
  • प्रोटिनयुक्त खानेकुरा कम खाने ।
  • धूमपान तथा मध्यपान नगर्ने ।
  • नियमित रुपमा विज्ञहरूको सल्लाहअनुसार काम गर्ने ।
  • चिकित्सकको सल्लाहविना औषधि सेवन नगर्ने ।
  • मधुमेह र उच्च रक्तचापको लागि दिएको औषधि नियमित सेवन गर्ने ।

रोकथाम

  • प्रत्येक ६ महिनामा एकपटक स्वास्थ्य परिक्षण गराउने ।
  • अनुशासित जीवन बिताउने ।
  • सन्तुलित स्वास्थ्य आहार ।
  • नियमित व्यायाम
  • जाँड, रक्सी, चुरोट, बिँडीजस्ता सुर्तिजन्य पदार्थ सेवन नगर्ने ।
  • विभिन्न रङ तथा केमिकल हालेका खानेकुरा नखाने ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतवार १०:०३

लोकप्रिय