बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आज बिहानै अर्घाखाँचीदेखि आउँदै गरेको एम्बुलेन्सले मर्निङ वाक हिँडेकी महिलालाई ठक्कर दिँदा बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो ।
एम्बुलेन्सको ठक्करबाट अन्य दुई महिला घाइते भएका छन् । राजमार्ग छेउमा हिँडिरहेका उनीहरुलाई तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको र एक महिलाको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार ठक्करबाट अन्य २ महिला घाइते भएका छन् ।
अर्घाखाँचीदेखि बिरामी लिएर आएको लु १ झ ५३१ नम्बरको एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले साढे ५ बजे मृत घोषणा गरेका थिए ।
यसैगरी उनीसँगै पैदल हिँडेका सोही ठाउँका ५५ वर्षीया कमला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन् । एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बुटवल