सूचनाको शक्ति - The Power Of Information

        

किन बन्द गरियो बाँकेको जमुनाहा नाका ?

बाँकेको नेपाल–भारत जमुनाहा नाका गएरातीदेखि दुई दिनका लागि बन्द हुने भएको छ । भारतको उत्तर प्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि दुई दिन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ ।

सीमानाका गएराती साढे १० बजेबाट सोमबार बेलुका ५ बजेसम्म बन्द रहनेछ । भारतमा भोलि सोमबार निर्वाचन हुँदैछ । खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौतीलाई मध्यनजर गरी भारतीय सुरक्षा निकायबाट पत्राचार भएअनुसार सीमानाका बन्द गर्न लागिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए ।

नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगतमा पनि सीमा नाका बन्द हुँदै आएका थिए । यसअघि गतसाता पनि भारतको बहराइच जिल्लाको बहराइचमा निर्वाचन भएकाले ७२ घण्टाका लागि जमुनाहा नाका बन्द गरिएको थियो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतवार ०७:५१

लोकप्रिय