फकाउन सक्छन् कदम कदममा चनाखो बनिरहनु,
बहकाउन सक्छन् कदम कदममा चनाखो बनिरहनु,
जननीको त्याग तपस्यालाई जीउनीसँग दाँजेर हेर्नेले,
सिकाउँछन् धृष्टता अरूलाई पनि चनाखो बनिरहनु,
आदर्शको शब्दजालले सञ्जाल रंगिन बनाउन जान्नेले,
बनाउँछन् मजाक कसैलाई पनि चनाखो बनिरहनु,
स्वाभिमानलाई गिराएर कर्तब्यको दिनहुँ हत्या गर्नेले,
भजाउँछन् आत्मीय सम्बन्धलाई पनि चनाखो बनिरहनु,
पराईको सल्लाह मागी आफ्नैलाई तोड्न तम्सिनेले,
फुटाउँछन् एकदिन तिम्रालाई पनि चनाखो बनिरहनु,
साक्षी बनाई बिपक्षीको तिमीलाई राख्न खोज्नेले,
जुटाउँछन् तिम्रै विरूद्धमा पनि चनाखो बनिरहनु,
स्वबिवेकको प्रयोग बेगर कौवाको पछि दौडनेले,
कुदाउलान् बेअर्थमा तिमीलाई पनि चनाखो बनिरहनु ।
फकाउन सक्छन् कदम कदममा चनाखो बनिरहनु,
बहकाउन सक्छन् कदम कदममा चनाखो बनिरहनु ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
कमला डिसी । साहित्यकार