सूचनाको शक्ति - The Power Of Information

        

सगरमाथामा हराइरहेका मंगोलियनको शव फेला, एकको अवस्था अज्ञात

सगरमाथाको चौथो शिविर नजिकबाट ६ दिनदेखि हराइरहेका दुई मंगोलियन अल्पाइनिस्टमध्ये एक जनाको शव भेटिएको छ । ५३ वर्षीय युखजर्गल सिडेनडम्बाको शव शुक्रबार फेला परेको हो । खोज तथा उद्धारमा संलग्न शेर्पा टोलीले ७,७०२ मिटरको उचाइमा शव भेट्टाएको हो ।

खोज तथा उद्धारमा संलग्न काठमाडौंस्थित एटके एक्सपिडसनका निर्देशक लाक्पा थेन्डु शेर्पाका अनुसार गत आइतबार साँझ सगरमाथा चुचुरो नजिकै ७,९५० मिटर उचाइमा रहेको चौथो शिविरभन्दा माथिबाट उनी हराएका थिए ।

बाधा पुग्ने भएकाले मृत अवस्थामा भेटिएका मंगोलियन आरोहीको शव भने आधार शिविरमा झार्न कठिनाइ हुने निर्देशक शेर्पाले बताएका छन् । यस पटकको आरोहण सिजन सकिएपछि अर्का मंगोलियनको पनि खोजी गरेर सिडेनडम्बाको शव व्यवस्थापन गरिने उनले बताए ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार १३:३१

लोकप्रिय