सूचनाको शक्ति - The Power Of Information

        

भोलिसम्म तातो हावा र ‘लू’को जोखिम

विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । भोलिसम्म अत्यधिक गर्मी हुने र तातो हावा र ‘लू’ चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागले जारी गरेको ‘तातो दिन तथा तातो लहर सम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार १३:२४