इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
हैदरावादमा हुने खेल नेपाली समय अनुसार राती पौने ८ बजे सुरु हुनेछ ।
जारी आईपीएलमा सनराइजर्स १२ खेलबाट १४ अंकसहित चौथो स्थानमा रहेको छ । सनराइजर्सले यो खेल जितेमा प्लेअफमा छनौट हुनेछ ।
यस्तै, गुजरात भने प्लेअफको दौडबाट बाहिरि सकेको छ । पछिल्लो पटक कोलकोताविरुद्धको खेल वर्षाका कारण रद्ध भएपछि गुजरात प्लेअफको दौडबाट बाहिरिएको हो । गुजरात १३ खेलमा ११ अंकका साथ आठौँ स्थानमा छ ।
गुजरात शुभमन गिल र सनराइजर्स हैदरावाद अस्ट्रेलियाका पाट कमिन्सको नेतृत्वमा आईपीएल खेलिरहेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ