सूचनाको शक्ति - The Power Of Information

        

सफाइ पाएसँगै सन्दीप लामिछानेले के भने ?

उच्च अदालत पाटनले सफाइ दिएसँगै क्रिकेटर सन्दीप लामिछानेले अदालत र न्यायाधीशहरुप्रति आभार प्रकट गरेका छन् ।

अदालतप्रति आफ्नो विश्वास र आस्था यसअघि पनि निरन्तर रहेकाे र भविष्यमा पनि अटल रहने उनले बताएका छन् ।

‘मलाई न्याय दिनुभएकोमा न्यायमूर्तिहरुप्रति आभारी छु । अदालतप्रति मेरो विश्वास र आस्था निरन्तर थियो र भविष्यमा पनि अटल रहनेछ,’ उनले भने, समर्थकहरुको यो मायाले खेलमार्फत राष्ट्रका लागि योगदान दिने मेरो अठोट र अभिलाषा अझै उच्च बनेको छ ।’

बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले किक्रेटर सन्दीपलाई सफाइ दिएको हाे । आज दिनभर सन्दीप उच्च अदालतमै थिए ।

लामिछानेलाई यसअघि जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १८:२७

लोकप्रिय