सूचनाको शक्ति - The Power Of Information

        

शिक्षण अस्पताल महाराजगन्जले माग्यो विभिन्न पदमा आवेदन

शिक्षण अस्पताल महाराजगन्जले करार सेवामा पदपूर्ति गर्न विभिन्न पदमा आवेदन आह्वान गरेको छ ।

अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिष्ट्रार पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।

योग्यता पुगेका २१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकहरूले जेठ ८ गते कार्यालय समयभित्र आवेदन फाराम भर्न अस्पतालले आग्रह गरेको छ ।

441892069_1162166068544717_3175680561847901216_n

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार ११:२४

लोकप्रिय