सूचनाको शक्ति - The Power Of Information

        

भारतीय प्रधानमन्त्री मोदी घरबारबिहीन !

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी घरबारबिहीन छन् । मङ्गलवार आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने क्रममा उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । जसमा उनीसँग आफ्नो घर पनि नरहेको पाइएको छ ।

वारणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री मोदीको नाममा कुनैपनि अचल सम्पत्ति नरहेको बताइएको छ । बीबीसीका अनुसार भारतीय प्रधानमन्त्री मोदीसँग २ करोड ८५ लाख भारतीय ?पैयाँ छ ।

२०२४ मार्च ३१ सम्म उनको सम्पत्ति ३ करोड २ लाख ६ हजार ८८९ रहेको छ । जसमा २ करोड ८५ लाख नगद रहेको छ । जुन विभिन्न बैंकमा फिक्स डिपोजिट छ भने उनीसँग ४ वटा सुनको औँठी पनि रहेको छ । जसको मूल्य २ लाख ६७ हजार ७५० भारतीय ?पैयाँ बताइएको छ ।

प्रधानमन्त्री मोदीको नाममा न त आफ्नो घर छ न त जग्गा नै । उनको नाममा कुनै गाडी पनि छैन । प्रधानमन्त्री मोदीको वार्षिक तलब २० लाख भारतीय ?पैयाँ रहेको छ । उनलाई मासिक ?पले २ लाख भारतीय ?पैयाँ तलब दिने गरिन्छ । सन् २०१४ देखि नै भारतको प्रधानमन्त्रीको कमान सम्हाल्दै आएका मोदीले तेस्रो पटक प्रधानमन्त्रीको रेसमा छन् ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार ०९:४५

लोकप्रिय