सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीको अवकाश हुने समय अवधिमा हेरफेर हुने

 सरकारले आगामी वर्ष प्रहरीको सेवाबाट अवकाश हुने अवधिमा हेरफेर गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रहरीको सेवा अवधिमा पुनरवलोकन गरिने बताएका हुन् ।

बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउने पनि राष्ट्रपति पौडेलले बताए ।

सुरक्षा निकायलाई आवश्यक भौतिक पूर्वाधार, उपकरण बन्दोबस्ती, प्रविधिजस्ता स्रोत साधन सम्पन्न तुल्याउने पनि बताइएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १७:०४

लोकप्रिय