सूचनाको शक्ति - The Power Of Information

        

दिवा खाजा कार्यक्रम परिमार्जन गरिने

सरकारले सञ्चालन गर्दै आएको विद्यालयमा दिवा खाजा कार्यक्रम परिमार्जन गरिने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

परिमार्जित खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिई पोषणयुक्त खाजा समेटिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १६:४७

लोकप्रिय