सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा पेट्रोलियम अन्वेषण आगामी आर्थिक वर्षमा सक्ने लक्ष्य

सरकारले दैलेखमा सुरु गरेको पेट्रोलियम पदार्थ अन्वेषणको काम आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा सक्ने लक्ष्य लिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

दैलेखमा चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम हालै सुरु भएको छ ।

सरकारले आगामी आवको नीतिमा खानी, वन तथा प्रकृति संरक्षण गर्दै निर्माणजन्य सामग्री उपयोग व्यवस्थित गर्न कानुन बनाउने समेत नीति लिने विषयसमेत समटेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १६:३८