सूचनाको शक्ति - The Power Of Information

        

कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतबाट उपचार गरी फर्किरहेकी युवतीकाे मृत्युु

कैलालीमा एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीकाे मृत्युु भएकाे छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाकाे बलचाैरमा मंगलबार बिहान भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना भएकाे थियाे ।

उक्त दुर्घटनामा परेर भारतकाे हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाकाे राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियारकाे मृत्युु भएकाे प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार गम्भीर घाइते भएकी परियारकाे उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएकाे हाे ।

एम्बुलेन्समा सवार अन्य ५ जना व्यक्ति भने सकुशल छन् । एम्बुलेन्स र चालक भारतकाे नैनीतालका ५० वर्षीय प्यारेलाललाई इलाम प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएकाे छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार १०:०३