फिफा विश्वकप २०२६ तथा एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत युएईसँगको खेल दशरथ रंगशालामा नहुने भएको छ । समूह बी मा रहेको नेपालले आगामी जेठ २४ गते घरेलु मैदानमा युएईसँग खेल्ने तालिका छ ।
तर एसियाली फुटबल महासंघ (एएफसी) ले दशरथ रंगशालाको मैदानमाथि प्रश्न उठाउँदै घरेलु मैदानमा खेल नहुने जानकारी दिएको एन्फा स्रोतले जानकारी दिएको छ । एएफसीका प्रतिनिधिले केही समयअघि काठमाडौं आएर दशरथ रंगशालामा निरीक्षण गरेका थिए ।
त्यतिबेला उनीहरुले मैदानको पिचको कन्डिसन, फ्लडलाइट र सुरक्षा व्यवस्थाबारे जिज्ञासा राखेका थिए । यसअघि मैदानकै अवस्थाका कारण ८ चैतमा बहराइन विरुद्ध दशरथ रंगशालमा हुनुपर्ने होम म्याच पनि नेपालले गुमाएको थियो ।
उक्त खेल नेपालले बहराइनमै गएर उसैको मैदानमा खेलेको थियो । रंगशाला एएफसीको मापदण्ड अनुसार नभएपछि एएफसीले न्युट्रल भेन्यू खोज्न एन्फालाई भनेको छ ।
तोकिएको समयसीमाभित्र न्युट्रल भेन्यू नभए नेपालले यूएईसँगको होम म्याच गुमाउने छ भने नयाँ भेन्यू फिफाले नै खोज्नेछ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ