सूचनाको शक्ति - The Power Of Information

        

नियमित खोप छुटेका बालबालिकालाई आज खोप लगाइने

सरकारले नियमित खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते (आज) खोप दिने भएको छ ।

बृहत् खोज र खोप अभियानअन्तर्गत आज खोप दिन लागिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ ।

अभियानमा पाँच वर्षसम्मका बालबालिकालाई १५ महिनाभित्र लगाइसक्नुपर्नेमध्ये छुटेको भए सोही खोप दिन लागिएको हो ।

खोप देशभरका सबै सरकारी स्वास्थ्य संस्थाहरूबाट दिइनेछ । राष्ट्रिय खोप तालिकाअनुसार शिशु जन्मिएदेखि १५ महिना पूरा हुँदासम्म विभिन्न रोगविरुद्धको १८ मात्रा खोप पूरा गर्नु पर्छ ।

khop-1715156929-1715564530.jpg

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ०७:४०

लोकप्रिय