सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

आज कहाँ-कहाँ हुँदैछ मेघगर्जन, चट्याङ र हावाहुरीसहित बर्षा ?

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मंगलबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा मधेस र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ०५:५०

लोकप्रिय