सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा पौडीका पाँच खेलाडी र प्रशिक्षक सम्मानित

नेपालगन्ज स्वीमिङ्ग क्लबले बाँकेका पाँच जना पौडी खेलाडी र दुई जना पौडी प्रशिक्षकलाई सम्मान गरेको छ।

क्लबको प्रथम अधिवेशनको अवसरमा नेपालगन्जमा पौडीका राष्ट्रिय खेलाडी अमित रावल, सुप्रिया रावल, संस्कार न्यौपाने, विशेष सिंह, जमुना डाँगी, अभियान श्रेष्ठ र सुवेश पाण्डेलाई सम्मान गरेको क्लबका अध्यक्ष केशव न्यौपानेले बताउनुभयो।

उहाँका अनुसार सो अवसरमा पौडी प्रशिक्षकद्वय चन्द्रबहादुर चौधरी र दीपक परियारलाई पनि सम्मान गरिएको थियो।सम्मानित खेलाडीलाई नेपाल पौडी सङ्घका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ र क्लबका अध्यक्ष न्यौपानेले सम्मान गर्नुभयो।

यसअघि क्लबको प्रथम अधिवेशनले न्यौपानेको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको थियो।क्लबको वरिष्ठ उपाध्यक्षमा सूर्यमणि अधिकारी, उपाध्यक्षमा डा.नितेशकुमार कनोडिया, महासचिवमा सविन घिमिरे, सचिवमा झविलाल शर्मा र कोषाध्यक्षमा ऋषिराम कँडेल निर्वाचित हुनुभएको छ।

त्यसैगरी क्लबको कार्यसमितिका सदस्यमा कृष्णप्रसाद अधिकारी, अमृतप्रसाद श्रेष्ठ, जीवन शर्मा, चन्द्रराम शर्मा र हरिमाया गुरुङ निर्वाचित हुनुभएको छ। क्लबको अधिवेशनको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले उद्घाटन गर्नुभएको थियो।

अधिवेशनमा नेपाल पौडी सङ्घका केन्द्रीय अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल पौडी सङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष सञ्जय थापा र जिल्ला खेलकुद विकास समिति बाँकेका अध्यक्ष सन्दीपजंग शाहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतवार १७:३०

लोकप्रिय