सूचनाको शक्ति - The Power Of Information

        

बत्तीसपुतली हत्या प्रकरण : पक्राउ परेका चारै जना नाबालक

काठमाण्डाैकाे बत्तीसपुतली कुमारी टोलमा गए राति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ ।

गए राति दुई समूहबीचमा भएको झगडामा परी मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको थियो । घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका चारै जना नाबालक रहेकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभयो ।

झगडा हुँदा धिमालमाथि चक्कु प्रहार भएकाे र घटनालगत्तै सिनामङ्गलको काठमाण्डाै मेडिकल कलेजमा उपचारका लागि लगिएकाेमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

राति बाटोमा हिँड्दै गर्दा धिमाल र पक्राउ परेका एक अर्कासँग ठोक्किँदा झगडा शुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतवार १७:२२

लोकप्रिय