जनकपुरधामबाट सहकारी कर्मचारीको साथमा भएको ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
लुटमा संलग्न देखिएको भन्दै जनक महतो र श्रवण कापरलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो ।
उनीहरूबाट केही रकम प्रहरीले बरामद समेत गरेको जनाएको छ ।
वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख लुटेका थिए ।
प्रहरीले पक्राउ परेका दुवै जनालाई केही बेरमा सार्वजनिक गर्ने जनाएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ