सूचनाको शक्ति - The Power Of Information

        

रातो मच्छिन्द्रनाथको रथ तान्न शुरु

 रातो मच्छिन्द्रनाथको रथ हिजोदेखि तान्न शुरु गरिएको छ ।

पुल्चोकमा निर्माण गरिएको रथलाई हिजो पहिलो दिन बाजागाजासहित गःबहाल पुर्‍याइएको छ । यसअघि वैशाख १२ गतेदेखि शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ गते बिहीवार मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै असार शुक्ल चौथीमा जावलाखेल पुर्‍याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ । मच्छिन्द्रनाथसँगै मीननाथको रथ पनि तानिएको छ । मीननाथ मच्छिन्द्रनाथका बाबु हुन् । यो रथ अलि होचो हुन्छ ।

मच्छिन्द्रनाथको जात्रालाई नेपालकै सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । रातो मच्छिन्द्रनाथको जात्राभर झन्डै १५ किलोमिटर डोरीको सहायतामा रथ तानेर परिक्रममा गराइन्छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतवार ०८:१९

लोकप्रिय