सूचनाको शक्ति - The Power Of Information

        

ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली बन्दै प्रिन्स दाहाल

नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । योसँगै उनी पेरिस ओलम्पिक २०२४ मा छनोट हुने पहिलो नेपाली खेलाडी बनेका छन् ।

१९ वर्षीय दाहाल प्रिन्स युनिभार्सलिटी कोटाबाट ओलम्पिक खेल्ने भएका हुन् । ओलम्पिकअन्तर्गत ब्याडमिन्टनमा यसपटक पुरुष ८३ र महिला ८३ सहित १ सय ६६ नियमित कोटा, ३ युनिभार्सलिटी कोटा र एक ओलम्पिक रिफ्युजी कोटामार्फत खेलाडी छनोट हुने छन् ।

प्रिन्ससँगै युनिभार्सलिटी कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ति र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नेछन् ।

ओलम्पिक २०२४ फ्रान्सको राजधानी पेरिसमा २६ जुलाईदेखि ११ अगस्टसम्म आयोजना हुँदैछ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतवार ०८:१४

लोकप्रिय