सूचनाको शक्ति - The Power Of Information

        

बत्तीसपुतलीको बिच सडकमै युवकको हत्या

काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । गएराति मोरङ घर भई कुमारी टोलमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको हत्या भएको हो ।

दुई समूहबिच शनिबार राति ८ बजेतिर सडकमा झगडा हुँदा हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेले धिमालले जानकारी दिए । उनकाअनुसार घटना अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको छ ।

हत्याको कारण भने खुलेको छैन । प्रारम्भिक अनुसन्धानमा आपसी विवादमा हत्या भएको जस्तो देखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतवार ०७:०१