सूचनाको शक्ति - The Power Of Information

        

भेरी नदीमा खस्यो मोटरसाइकल, चालकको मृत्यु

छिन्चु–जाजरकोट सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार बिहान सवा ७ बजे जाजरकोट र सुर्खेतको सिमाना छेडाबजार नजिकै नेपालगञ्जबाट जाजरकोटतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको कर्णाली प्रदेश ०३–००१ प ०३७९ नम्बरेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

त्यसरी ठोक्किँदा नेपालगञ्जबाट गइरहेको मोटरसाइकल सडकबाट अन्दाजी १०० मिटर तल भेरी नदीमा खसेको थियो।

उक्त मोटरसाइकल चालक  रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका ३० वर्षीय भुवन केसीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

नदीमा खसेको मोटरसाइकल हालसम्म फेला नपरेकाले नम्बर खुलेको छैन। मृतकको शव भने नदी छेउमा फेला परेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार १८:५१